सरकारसँग वार्ता गर्न जेनजीका १३ प्रतिनिधि सार्वजनिक

User Image Prime TV News १० महिना अगाडि
Image of सरकारसँग वार्ता गर्न जेनजीका १३ प्रतिनिधि सार्वजनिक

काठमाडौ । सरकार र राजनीतिक दलसँग संवादका लागि जेनजी तर्फबाट १३ जनाको प्रतिनिधि टोली सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार, विभिन्न जेनजी समूहहरूले पठाएका ती प्रतिनिधिहरू सरकारसँग हुने वार्तामा सहभागी हुनेछन्।

जेनजी प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर रहेका छन्।

सरकार र राजनीतिक दलबीच हाल चलिरहेको संवादमा युवा पुस्ताको दृष्टिकोण र माग समावेश गर्नका लागि जेनजी प्रतिनिधिहरूलाई समेटिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।