प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छः का‌ग्रेस प्रवक्ता महत

User Image Prime TV News १० महिना अगाडि
Image of प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुन्छः का‌ग्रेस प्रवक्ता महत

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

वीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका बिषयक कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका हुन् ।

उनले चैत्र बैशाखसम्म महाधिवशेन गर्ने गरि अहिले नै केन्द्रीय समितिबाट कार्यतालिका बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिए । महतले पार्टी नेतृत्वमा पनि पार्टीभित्र बहस गर्ने व्यक्ति आउनुपर्ने जिकिर गर्दै पार्टीभित्र केहि नभन्ने र बाहिर बेग्लै कुरा गर्ने दोहोरो मापदण्डले पार्टीलाई कमजोर बनाएको बताए ।

त्यस्तै प्रवक्ता महतले शासन सत्ता सञ्चालन गर्ने क्रममा भएको कमजोरी र अन्तराष्ट्रिय सम्बन्धमा असन्तुलनको अवस्था देखिएका कारण अहिलेको अवस्था आएको जिकिर समेत गरे ।