बालुवाटारमा जेनजीको चेतावनी: चुनाव मात्र होइन, भ्रष्टाचार खोस्रिनुहोस

User Image Prime TV News १० महिना अगाडि
Image of बालुवाटारमा जेनजीको चेतावनी: चुनाव मात्र होइन, भ्रष्टाचार खोस्रिनुहोस

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्रिपक्षीय बैठकमा जेनजी समूहले देशको मुख्य रोग भ्रष्टाचार भएको भन्दै सरकारलाई भ्रष्टचारका मुद्दा सम्बोधन गर्न दवाव दिएका छन् ।

बुधबारको वार्तामा सहभागी युवाहरुले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम तत्कालै चाल्न सरकारलाई दबाब दिए। उनीहरूका अनुसार नेताहरूले चुनावको नारा मात्र लगाइरहे पनि सत्ता प्रणाली सफा नभएसम्म देशको भविष्य अँध्यारो नै रहनेछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार युवाहरूले बैठकमा भनेका थिए, “हामीलाई चुनाव चाहिएको छ। तर चुनाव मात्रै गरेर केही हुँदैन। मुख्य संघर्ष सुशासन र भ्रष्टाचारविरुद्ध हो। सरकारले यिनै मुद्दामा प्रत्यक्ष काम गर्नुपर्छ।

जेनजी प्रतिनिधिहरूले हाल देशमा फैलिएको राजनीतिक निराशा, आर्थिक अस्थिरता र राज्य संयन्त्रमा गहिरो रहेका भ्रष्टाचारलाई मुल कारण ठहर गर्दै नेताहरूको खोक्रो प्रचार अब स्वीकार्य नहुने बताए।