नेपाली कांग्रेस केन्द्रीय बैठक आज: महाधिवेशनको अनिश्चिततामाथि तीव्र बहस
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठक कांग्रेसको असोज २८ गतेदेखि जारी बैठकको निरन्तरता हो।
यसअघि भएको बैठकमा पार्टीसभापति शेरबहादुर देउवाले स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता खड्काको अध्यक्षतामा बैठकहरू सञ्चालन हुँदै आएका छन्।
पार्टीभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ। केही नेताहरूले पार्टी नेतृत्वको कार्यकाल सकिनु पूर्व अनिवार्य रूपमा महाधिवेशन गर्नुपर्नेमा छन्।
सोही संदर्भमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेको दाबी गरिएको छ। यता नेतृत्व पक्षले पार्टी संगठन, राजनीतिक परिस्थिति र व्यावहारिक चुनौतीको कारण तत्काल नियमित महाधिवेशन सम्भव नभएको तर्क गरेको छ।
नेपाली कांग्रेस हाल प्रतिनिधिसभा विघटनपछिको राजनीतिक स्थितिबारे आफ्नो भूमिकाबारे स्पष्ट धार बनाउन दबाबमा छ।







