मोन्था चक्रवातको असर: आज बिहानैदेखि धेरै स्थानमा वर्षा र हिमपात

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मोन्था चक्रवातको असर: आज बिहानैदेखि धेरै स्थानमा वर्षा र हिमपात

काठमाडौ । देशभर पश्चिमी वायु र बङ्गालको समुद्री चक्रवातमोन्थाको असरसँगै आज बिहानैदेखि धेरै स्थानमा वर्षा र हिमपात सुरु भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु सक्रिय छ। साथै बङ्गालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभाव नेपालसम्म फैलिएको छ।

यही कारण देशका धेरै भागमा मौसम बिग्रिएको छ । बिहानदेखि काठमाडौं उपत्यका, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा निरन्तर बादल र वर्षा देखा परिरहेको छ।

तराई क्षेत्रमा हल्का बदली भए छ । गण्डकी, लुम्बिनी र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना उच्च रहेको बताइएको छ । त्यस्तै कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा देखिने अनुमान गरिएको छ।

महाशाखाले तीव्र हावासँगै मध्यमदेखि भारी वर्षा र उच्च क्षेत्रहरूमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। किसान, यात्रु र हिउँदे मार्ग प्रयोग गर्ने सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ।