मधेश प्रदेश सरकार आँधीको पूर्वतयारीमा सक्रिय, मुख्यमन्त्रीले जनतालाई सचेत रहन अपिल

User Image Prime TV News १० महिना अगाडि
Image of मधेश प्रदेश सरकार आँधीको पूर्वतयारीमा सक्रिय, मुख्यमन्त्रीले जनतालाई सचेत रहन अपिल

काठमाडौ । मुख्यमन्त्री जितेन्द्र सोनलले बिहीबार बिहानदेखि मधेशका सबै जिल्लामा प्रभाव पार्ने अनुमानित मोन्था आँधीका कारण जनतालाई सतर्क रहन अपिल गरेका छन्। मुख्यमन्त्री सोनलले बुधबार राति नै प्रदेश सरकारले आँधीबाट प्रभावित हुनेहरूको राहत र उद्धारमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।

यसका लागि सबै सुरक्षा निकाय तैनाथ गरिएका छन्। साथै, गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाललाई उद्धार र राहत कार्यको संयोजक तोकेको छ। प्रदेश सरकारले जनताको सुरक्षा र तत्काल उद्धारका लागि तयारी अबस्थामा रहेको जनाएको छ ।