नेपालले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण पायो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरण पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातको स्वीकृति पुनः जारी गरेको हो।
प्राधिकरणले नेपालमा खपत भइसकेपछि बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बेच्दै आएको छ। साथै द्विपक्षीय सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ।
भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि नेपालबाट विद्युत् निर्यात भइरहेको छ। मार्केटमा बिक्री गर्न अनुमति पाएका चार आयोजनाको १०३ मेगावाट विद्युत् स्वीकृतिको म्याद केही मितिमा सकिसकेको थियो। अब उक्त स्वीकृति करिब एक वर्षका लागि नवीकरण गरिएको छ।
द्विपक्षीय सम्झौता अनुसार चार आयोजनाबाट हरियाणालाई करिब १८० मेगावाट विद्युत् बिक्री भइरहेको छ। यस अनुमतिपत्रको म्याद बिहीबार सकिँदैछ। नवीकरणपछि ती आयोजनाबाट उत्पादित विद्युत् आइएक्समार्केटमा निरन्तर बिक्री गर्न सकिनेछ। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा सहभागी हुन







