एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल दिने

User Image Prime TV News १० महिना अगाडि
Image of एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल दिने

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र इमर्जिङ प्लेअरलाई एक–एक वटा पल्सर मोटरसाइकल प्रदान गरिने क्यान सचिव खड्काले जानकारी दिए ।

उनले एनपीएलको दोश्रो संस्करण पूर्वाधारका हिसावले पनि निकै उत्कृष्ट हुने जानकारी दिए । एनपीएल व्यवस्थित ढंगले आयोजना हुने जानकारी दिदै उनले क्रिकेट प्रशंसकलाई निराश हुन नदिने उल्लेख गरे । एनपीएलको तयारी अन्तिम चरणमा पुगेको समेत सचिव खड्काले वताए । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ ।