प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, ९ नयाँ दल दर्ता प्रक्रियामा

User Image Prime TV News १० महिना अगाडि
Image of प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, ९ नयाँ दल दर्ता प्रक्रियामा

काठमाडौ । जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक दबाबपछि आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

चुनावको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गर्ने क्रम तीव्र बनेको छ। आयोगका अनुसार हालसम्म नौ नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन्।

आयोगले निवेदनहरूको औपचारिक अध्ययन प्रक्रिया अघि बढाइरहेको छ।दर्ता प्रक्रिया अघि बढाइरहेका दलहरूमा उज्यालो नेपाल पार्टी (बलेको चिम), श्रम संस्कृति पार्टी (माटोको ढिस्को), नेपाल नागरिक पार्टी (जेनजीको जुत्ता), गतिशील लोकतान्त्रिक पार्टी (बलेको ज्योती), राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी), नेपाल लिभरल पार्टी (सिक्का), राष्ट्रिय जेनजी पार्टी नेपाल (क्रस खुकुरी), कम्युनिस्ट पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल (जाँतो) रहेका छन् ।

यी दलहरू अहिले प्रारम्भिक अध्ययन चरणमा छन्। अध्ययनपछि योग्य ठहरिएका दललाई दर्ता प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।