वर्ल्डलिंकमार्फत दर्ता नभएका सामाजिक सञ्जाल अब नचल्ने


काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अबदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू आफ्नो इन्टरनेट सेवा मार्फत सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ। कम्पनीले बिहीबार बिहान एक सूचना जारी गर्दै यो निर्णय लागू गरिएको जानकारी गराएको हो।
विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गरेर चलाउन नसकिने जभचभदथ जानकारी गराइन्छ।”
सरकारी निर्देशनका आधारमा वर्ल्डलिंकले यस्तो निर्णय लिएको हो। पछिल्ला दिनहरूमा सरकार डिजिटल क्षेत्रको निगरानी कडा बनाउने दिशातर्फ अघि बढेको छ। यसै क्रममा, सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा कानुनी रूपमा दर्ता गराई नियम र उत्तरदायित्वको दायरा भित्र ल्याउने सरकारी प्रयास तीव्र भएको छ।
वर्ल्डलिंकको यो निर्णयसँगै अब प्रयोगकर्ताहरूले नेपालमा दर्ता नभएका लोकप्रिय सामाजिक सञ्जालहरू — जसमध्ये कतिपय विवादास्पद प्लेटफर्महरू पनि रहेका छन् — आफ्नो इन्टरनेट कनेक्शनबाट सिधा प्रयोग गर्न पाउने छैनन्।
यसले प्रयोगकर्तामाझ केही असहजता उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ, यद्यपि सरकार र सेवा प्रदायकहरू दुवैले डिजिटल सुरक्षालाई प्राथमिकता दिँदै जिम्मेवार इन्टरनेट प्रयोगको अभ्यास विकास गर्न खोजिरहेका छन्।