चक्रवात मोन्थाको प्रहार: भारतका पाँच राज्य संकटमा, सन्दकपुर बन्द

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चक्रवात मोन्थाको प्रहार: भारतका पाँच राज्य संकटमा, सन्दकपुर बन्द

काठमाडौ । बंगालको खाडीबाट उठेको चक्रवात 'मोन्था' ले भारतका विभिन्न राज्य अस्तब्यस्त बनाएको छ । झारखण्ड, बिहार, ओडिसा, सिक्किम र उत्तर प्रदेशमा मुसलधारे वर्षा र हावाहुरीले जनजीवन प्रभावित बनेको हो ।

भारतीय मौसम विभागका अनुसार आज बिहार र झारखण्डमा भारीदेखि अति भारी वर्षा हुने अनुमान छ। पश्चिम बंगालको पहाडी भाग र सिक्किमका दुर्गम भूभागमा अत्यधिक वर्षाको जोखिम उच्च छ।

उत्तर प्रदेशमा रातभर भीषण वर्षा भएपछि बिहान केही ठाउँमा हल्का वर्षा मात्र देखिएको छ। मौसम विज्ञका अनुसार चक्रवात सक्रिय रहेकाले बादलको गति र वर्षा केही दिन थप तीव्र हुन सक्छ।

भारतीय प्रशासनले दार्जिलिङसहित केही ठाउँमा रेड अलर्ट जारी गर्दै उच्च सतर्कता अपनाएको छ। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै राज्य सरकारले सन्दकफु बन्द गरेको छ।

सन्दकपुरबाट शुक्रबार दिउँसो १ बजेभित्र सबै पर्यटकलाई फर्कन निर्देशन दिइएको छ साथै पहिरोको जोखिम बढेकाले स्थानीय बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ। सन्दकपुर पर्यटकीय नेपाली भुभाग हो । जहाँ सन्दकपुर डाँडा, माईपोखरी, टोड्के झरना लगाएत पर्यटकीय क्षेत्रको भ्रमणका लागि हजारौ संख्यामा नेपाली तथा भारतीय नागरिकहरु जाने गर्छन् ।