डा. शेखर कोइराला पक्षको भेलापछि कांग्रेस महामन्त्रीद्वय खड्कासँग परामर्शमा

User Image Prime TV News १० महिना अगाडि
Image of डा. शेखर कोइराला पक्षको भेलापछि कांग्रेस महामन्त्रीद्वय खड्कासँग परामर्शमा

काठमाडौ । नेपाली कांग्रेसभित्र आगामी नियमित महाधिवेशनको तयारीलाई लिएर आन्तरिक कूटनीति र संवाद तिब्र बन्दै गएको छ। शुक्रबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा डा. शेखर कोइराला पक्षले भेला गरी महाधिवेशनको प्रारम्भिक तालिका तयार पारेको छ।

भेलामा तय गरिएको तालिका पार्टीभित्र सर्वसम्मत पारित गराउनका उद्देश्यले कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग भेट्न पुगेका हुन्। कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार नियमित महाधिवेशनका लागि तयार गरिएको तालिका शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

महाधिवेशनको मिति र तयारीबारे कांग्रेसभित्र केही मतभेद देखिँदै आएको छ। डा. कोइराला पक्षले निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ भने केही नेताहरूले संगठनात्मक तयारी अझ बलियो बनाएर मात्रै महाधिवेशनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्।

नेताहरूबीचको निरन्तर परामर्शले पार्टीभित्र सहमतिको वातावरण बनाउने प्रयास भइरहेको कांग्रेसले जनाएको छ।