कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

User Image Prime TV News १० महिना अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौ । कांग्रेसले शुक्रबार दिउँसो १ बजे बस्ने तय गरेको केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन कार्यतालिका विषयमा सहमति नजुटेको कारण आइतबारसम्मका लागि स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार, बैठकअघि नेताहरूबीच छलफल भए पनि विवाद कायम रहँदा बैठक प्रभावित भएको हो।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव अस्वीकार गरेपछि विवाद उत्पन्न भएको थियो। संस्थापन समूहले भने प्रतिनिधिसभा निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने तर्क राखेको छ। विवादका कारण बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत गगन थापा अनुपस्थित थिए।

आज खड्काले केन्द्रीय कार्यसमिति बैठक रोक्दै पदाधिकारीहरूको बैठक राखेका थिए । जसमा डा. शेखर लगायतका नेताहरूको सहभागिता थियो। बैठकमा पनि कार्यतालिकाबारे सहमति नजुटेपछि बैठक प्रभावित भएको नेताहरूले बताएका छन्।