वर्तमान सरकारकै माध्यमबाट निर्वाचन अनिवार्यः भट्टराई
Prime TV News १० महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा तोकिएकै समयमा निर्वाचन नगर्ने हो भने मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन्। उनले वर्तमान अन्तरिम सरकारमार्फतै निर्वाचन सम्पन्न गर्नु आवश्यक भएको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले भने, “अहिलेको अन्तरिम सरकारमा कमजोरीहरू छन्, तर त्यसलाई सुधार्दै छिटो चुनावतर्फ अघि बढ्नुपर्छ। निर्वाचन नगर्ने हो भने देश डरलाग्दो अँध्यारो सुरुङमा फस्छ।”
भट्टराईले नेपालको संविधानलाई आधार बनाएर रास्वपा र अन्य वैकल्पिक दलहरूले पनि निर्वाचनमा सक्रिय भूमिका खेल्नुपर्ने बताए। साथै, मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढन आवश्यक रहेको स्पष्ट पारे।







