आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्दैन : अध्यक्ष ओली

User Image Prime TV News एक महिना अगाडि
Image of आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्दैन : अध्यक्ष ओली

काठमाडौ । नेकपा एमालेको विधान महाधिवेशन शुरु भएको छ । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दावी गरेका छन् । पार्टी संगठन जनताको बिचमा पुगे बहुमत ल्याउनवाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै ओलीलेे निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा आउने बताए । 

उनले विदेश भ्रमणका वेला देशको परराष्ट्र नीति विपरित कुनै सम्झौता वा समर्थन नगरेको वताए । तर आफ्नो भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै ओलीले त्यसको खण्डन समेत गरे । आफ्नो विदेश भ्रमणका वेला राष्ट्रिय हितका पक्षमा कुरा राख्ने गरेको भन्दै ओलीले चीन भ्रमणमा चीनियाँ राष्ट्रपति संग लिपुलेकको बिषयमा भारत र चीन बिचको सम्झौताका बिषयमा गम्भिरताका साथ राखेको बताए । जवाफमा चीनियाँ राष्ट्रपतिले सिमा विवाद नेपाल भारत भएको भन्दै वार्तावाट टुङ्गो लगाउन सुल्झाएको ओलीको भनाई थियो । 

यस्तै अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादको विषय विधान महाधिवेशनको एजेण्डा नभएको स्पष्ठ सन्देश दिएका छन् । विधान अधिवेशनमा विधानको बिषयमा मात्र छलफल हुने भन्दै पार्टी सदस्यता सम्बन्धी विवादमाथी छलफल गर्ने थलो हुन नसक्ने बताए ।

उनले भने "पार्टीमा कतिपय विषयहरू अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् या बनेका छन् । तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन । जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन् । त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।"

ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्ने एकीकृत समाजवादी पार्टीका नेताहरुलाई लच्छित गर्दै एमालेमा रहदा पनि एमाले नभएको आरोप लगाए । यदि उनीहरु एमाले थिए र पार्टीको माया थियो भने पार्टी विभाजन गरेर जान नसक्ने टिप्पणी गर्दै ओलीले पार्टी संकटका वेला कार्यकता पंक्तिले बचाएको भन्दै प्रसंसा गरे । 

"उनीहरूले केही चोटपटक लगाए, तर, कार्यकर्ता पंक्तिले बढो सजगताको साथ पार्टी जोगायो, बचायो। म कार्यकर्ता र नेतालाई धन्यवाद भन्न चाहन्छु, नेतृत्वप्रति सुदृढ विश्वास देखाउनुभयो,' पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, 'त्यसबेला पार्टीप्रतिको निष्ठा, महिला दिदीबहिनीहरूले पार्टी जोगाउनुभयो। पुरुषको पनि योगदान छ। तर, महिलाहरूको अत्यधिक छ।' उनले पार्टीमा रहेका केही नेतालाई कुहिराको काग भएको टिप्पणी पनि गरे। 'मुर्धन्य भनिएका नेता कुहिराको काग भए। नेताहरू कतिपय कहाँ-कहाँ पुगे। तर कार्यकर्ता त्यसरी बहकिएन्,' उनले भने, 'कार्यकर्ताले यो पार्टी बचाएर ल्याउनुभयो। तपाईहरूको आमत्मविश्वास देखेर मलाई आँट आएको छ। तपाईँहरू भए पार्टी हाँक्न सक्छु। मलाई गर्व लाग्छ।"