ओलीले समाजवादीका कार्यकर्तालाई आकर्षित गर्ने रणनीति अपनाए: भीम रावल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । मातृभूमि जागरण अभियानका अभियन्ता डा. भीम रावलले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि ओलीले समाजवादीका कार्यकर्तालाई आकर्षित गर्ने रणनीति अपनाएको आरोप लगाएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै रावलले ओलीको हालको गतिविधिलाई 'शब्दजाल र भ्रम फैलाएर पार्टीप्रति असन्तुष्ट नेताकर्मचारीलाई एमाले तर्फ तान्ने प्रयास' को रूपमा व्याख्या गरे। रावलको भनाइमा,'ओलीको अभिव्यक्तिमा कुनै सार्थकता छैन, उद्देश्य केवल असन्तुष्ट कार्यकर्तालाई आकर्षित गर्नु मात्र हो।'
रावलले एमाले नेतृत्वले सच्चा राजनीतिक प्रतिबद्धता प्रदर्शन गर्न चाहन्छ भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने र भदौ २३ र २४ गतेका राजनीतिक घटनाबाट उत्पन्न प्रभावप्रति अध्यक्ष ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने माग समेत गरेका छन्।







