पार्टी एकताबारे औपचारिक निर्णय लिन माओवादी केन्द्रले बोलायो सचिवालय बैठक
Prime TV News १० महिना अगाडि काठमाडौ । वाम दलबीच एकताको छलफल तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे औपचारिक निर्णय लिन आज दिउँसो महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्ने जानकारी दिएको छ।
बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे सुरु हुनेछ। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी सहित विभिन्न वाम शक्तिसँग एकता र सहकार्यको सम्भाव्य मोडेलमाथि विस्तृत छलफल हुनेछ।
पद संरचना, संगठनात्मक संयोजन र भावी राजनीतिक रणनीतिसमेत आजको एजेन्डामा छलफल हुने बताइएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको थियो ।
सो निर्णयपछि माओवादी केन्द्रभित्र एकता प्रक्रियालाई तीव्र गतिमा अघि बढाउने संकेत देखिएको छ।







