मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

User Image Prime TV News एक महिना अगाडि
Image of मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौै । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र बिकासमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल कला तथा संस्कृति महोत्सवका अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटनमा राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमासबै क्रियाशील हुनुपर्ने बताए । देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न वर्षेनी लाखौ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने राष्ट्रपनि पौडेलको भनाई थियो । 

उनले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशीला तयार हुने आफूले अपेक्षा गरेको पनि बताए ।