एमाले सचिवालय बैठक आज: महाधिवेशन तयारीबारे छलफल गर्दै
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आज अध्यक्ष केपी शर्मा ओली निवास, गुण्डुमा सचिवालय बैठक बस्दैछ ।
बिहान ११ बजे सुरु हुने बैठक आसन्न पोखरा महाधिवेशनको अन्तिम गृहकार्य र प्रतिनिधिसभा पुर्नस्थापनाको आन्दोलनलाई प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित हुने बताइएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन तयारी आज आधिकारिक रूपमै टुंगो लाग्नेछ। गौतम भन्छन्, “प्रतिनिधि छनोटको दर, समय तालिका, शुल्क र संगठनात्मक क्यालेन्डर सबै आज फाइनल हुन्छ।”
एमालेमा हाल ६ लाख ६३ हजार सदस्य छन्। यसै आधारमा यसपटक करिब २,२०० महाधिवेशन प्रतिनिधि रहने अनुमान गरिएको छ। अघिल्लो महाधिवेशनमा लगभग १,९०० प्रतिनिधि थिए। सदस्य संख्या बढेकाले प्रतिनिधि छनोट मोडेल पनि बदलिन सक्ने बताइएको छ ।







