विप्लवको टिप्पणी: कम्युनिस्ट टुटफुट अब पुरानो नाटक
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नै पार्टीमा भएको विभाजनबारे सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले नेपालमा कम्युनिस्ट आन्दोलनभित्रको टुटफुट प्रक्रियालाई 'थकित र पुरानो नाटक' बताएका छन्।
विप्लवले एकता नाममा बारम्बार पार्टी फुट्ने प्रवृत्ति समयले छाडिसकेको दाबी गरेका छन्। 'एकता नाममा पार्टीहरू खप्टिने र उप्किने शैली पुरानो भइसकेको छ,' उनले लेखेका छन्, 'यसैमा रमाउनेहरूको आफ्नै स्वार्थ हो, तर इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य जस्तै हो।'
विप्लव नेतृत्वको पार्टी हिजै चिरण पुन ‘मिलन’को नेतृत्वमा विभाजित भएको थियो। पुन पक्षले ७५ सदस्यीय केन्द्रीय समिति घोषणा गर्दै आफूहरू नै बहुमत पक्ष भएको दाबी गरेको छ। पुनले निकट भविष्यमा नयाँ पार्टीको नाम र आगामी कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।







