माओवादी केन्द्रभित्र नेताहरु बिचको टकराव सतहमा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रभित्र फेरि आन्तरिक अनुशासन र नेताहरु बिचको टकराव सतहमा आएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता जनार्दन शर्माले बैठक बिचमै छोडेर हिँडेको कदमलाई घमन्डको रोग र राजनीतिक चरित्रको कमजोरी भन्दै कटु प्रतिक्रिया दिएका छन्।
शनिबार पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि प्रचण्डले पत्रकारलाई भने, “पार्टी चलाउन नियम हुन्छ। सबैको कुरा सुन्ने संस्कार हुन्छ। बिचमा उठेर हिँड्नु असभ्य हो, अनुशासनहीन हो। यस्तो शैली कसैले मन पराउँदैन।”
उनले शर्माले महाधिवेशन टार्न लागेको आरोप लगाएको विषयमा पनि झटारो हान्दै भने, “त्यो आरोप झूट मात्र होइन, पार्टीमा अराजकता ल्याउने सोच हो। पार्टीले गलत बाटो समात्दैन। महाधिवेशन समयमै हुन्छ, बहाना र हुलदङ्गाले रोक्न सकिँदैन।”
प्रचण्डले पार्टी फुट्ने सम्भावना नरहेको दाबी गर्दै शर्मासमेत अन्ततः अनुशासनमा फर्किने आशा व्यक्त गरे। तर वास्तविकता के हो भने नेतृत्वभित्रको अविश्वास र शक्ति कस्ने दौड खुलेयाम देखिन थालेको छ ।







