प्रतिनिधि सभा पुर्नस्थापनाको मागलाई देशव्यापी अभियानको रुपमा संचालन गर्ने एमालेको निर्णय
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापनाको मागलाई देशव्यापी अभियानले बलियो बनाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले चरणबद्ध जनसञ्चार कार्यक्रम सार्वजनिक गर्दै सत्ता गठबन्धनलाई खुला चुनौती दिएको छ।
निर्णयअनुसार कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वडामा जनभेला, कात्तिक २५ मा सबै स्थानीय तहमा सभा र कात्तिक २९ मा सबै जिल्लामा वृहद् जनसभा गरिने जनाएको छ।
यसपछि मंसिर ६ गते काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकले विधान महाधिवेशनले पारित गरेका कागजातहरू छिट्टै सार्वजनिक गर्ने र चार वटा समसामयिक प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ।
यस्तै बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौमा गर्ने निर्णय गरेको छ । यस अघि महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।







