माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

User Image Prime TV News १० महिना अगाडि
Image of माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज फेरि बस्दैछ। बैठक पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजे सुरु हुने बताइएको छ । 

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रियाबारे जानकारी दिएका थिए। उनले वाम शक्ति एकता ऐतिहासिक आवश्यकता भएको भन्दै प्रक्रिया रोकिएर नबस्ने स्पष्ट संकेत गरेका थिए।

तर नेता जनार्दन शर्माले तीव्र असन्तुष्टि जनाउँदै वैचारिक स्पष्टता, विगतको मूल्यांकन र संगठनात्मक तयारीबिनै हुने एकता गलत हुने भन्दै लिखित प्रस्ताव राखेपछि बैठकबाट बाहिरिएका थिए।

माओवादी केन्द्र कात्तिक १७ गते अर्को बैठक र १८ गते एकता घोषणा गर्ने तयारीमा छ।