महिला एकदिवसीय विश्वकप क्रिकेटको निर्णायक खेल आज ,भारत र दक्षिण अफ्रिकाबीच हुँदै
Prime TV News १० महिना अगाडि 
काठमाडौ । महिला एकदिवसीय विश्वकप क्रिकेटको निर्णायक खेल आज भारत र दक्षिण अफ्रिकाबीच हुँदैछ। उपाधिको लागि हुने यो बहुप्रतिक्षित भिडन्त मुम्बईको डिवाई पाटिल रंगशालामा दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।
आयोजक भारतले सेमिफाइनलमा बलियो मानिने अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। घरेलु मैदानमा अपराजित रहेका भारतीय खेलाडीहरू अब इतिहास र समर्थन दुवैको साथमा विश्वकप उठाउने योजनामा छन्।
यता, दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। मुम्बईको यो मैदानमा पहिलोपटक पाइलो राख्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप जित्ने सपना लिएर उत्रिँदैछ।
दुवै टिम उच्च फर्ममा रहेका कारण आजको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।







