जनार्दन शर्माले असहमती राखेको भए पनि, एकता प्रक्रिया रोकिदैनः माओवादी

User Image Prime TV News १० महिना अगाडि
Image of जनार्दन शर्माले असहमती राखेको भए पनि, एकता प्रक्रिया रोकिदैनः माओवादी

काठमाडौ । नेकपा माओवादी केन्द्रले एकता प्रक्रियामा आउने दलहरु सहित छलफल गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेकको सचिवालय बैठकले एकता प्रक्रियामा आउने दलहरु सहितको बैठक यहि कार्तिक २० गते स‌ंयुक्त बैठक बस्ने निर्णय गरेको हो ।

बैठकमा जनार्दन शर्मा अनुपस्थित रहेका थिए, जसले पार्टीमा चर्चाको विषय बनेको छ। तथापि, पार्टीका नेता र सचिवालय सदस्यहरुले जनार्दन शर्माको असहमतीको बाबजुद एकता प्रक्रियालाई अवरोध नगर्ने बताएको छ।

"जनार्दन शर्माले असहमती राखेको भए पनि, एकता प्रक्रिया रोकिदैन," माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने , "अहिलेको वाम एकता राष्ट्रिय राजनीतिलाई समेटेर आवश्यक छ।"

यसैबीच, माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी १८ कात्तिकमा बस्ने निश्चित गरिएको छ । बैठकले दलको एकता पछि आगामी चुनावी तयारी र दल दर्तासम्बन्धी निर्णयहरुमा केन्द्रित हुने बताइएको छ।