लिभरपुल र चेल्सीले आ–आफ्ना खेलमा शानदार जित

User Image Prime TV News १० महिना अगाडि
Image of लिभरपुल र चेल्सीले आ–आफ्ना खेलमा शानदार जित

काठमाडौ । इङ्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले आ–आफ्ना खेलमा शानदार जित दर्ता गरेका छन्। गएराति भएको खेलमा लिभरपुलले एस्टन भिलामाथि २–० को सहज जित हात पारेको हो।

लिभरपुलका मोहम्मद सलाह र रायन ग्राभेनबर्चले गोल गर्दै टोलीलाई जित दिलाए। सलाहले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता दिलाए भने दोस्रो हाफको ५८ औँ मिनेटमा ग्राभेनबर्चले अर्को गोल थपे।

अर्को खेलमा चेल्सीले टोटनह्याममाथि १–० को जित हासिल गरेको छ । यस्तै आर्सनलले बर्नलीमाथि २–० को जित हासिल गरेको छ। जितसँगै टोलीहरुले अङ्कतालिकामा महत्त्वपूर्ण अङ्क जोडेका छन् ।