सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा युवा कार्यकर्ताद्वारा तालाबन्दी

User Image Prime TV News १० महिना अगाडि
Image of सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा युवा कार्यकर्ताद्वारा तालाबन्दी

काठमाडौ । नेपाली कांग्रेसको नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका छन्।

उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्व सुनिश्चित गर्न र पार्टीको अनिर्णयको स्थिति अन्त्य गर्न माग गरेका छन्। केन्द्रीय समितिको बैठक २८ असोजदेखि पटक-पटक स्थगित हुँदै आएको छ। बैठक शुक्रबारका लागि डाकिएको भए पनि बस्न नपाई आजका लागि सारियो, तर आजको बैठक पनि स्थगित हुँदै मंगलबारका लागि सारिएको छ।

पछिल्लो समय कांग्रेस भित्र महाधिवेशनको बिषयलाई लिएर विवाद वढ्को छ ।