नेप्से परिसूचक बढेर २६३१.१४ विन्दुमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेप्से परिसूचक बढेर २६३१.१४ विन्दुमा

काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.७५ अङ्कले वृद्धि भई २६३१.१४ विन्दुमा पुगेको छ। आज बजारमा ९ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । जुन अघिल्लो दिनको ७ अर्ब ५१ करोडभन्दा बढी हो।

आज बजारमा १९८ कम्पनीको सेयर मूल्य बढेको, ५० कम्पनीको मूल्य घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको छ। ट्रेडिङ समूह बाहेक सबै समूहको सूचकमा वृद्धि देखिएको छ। विशेषगरी फाइनान्स क्षेत्र ५.१७ प्रतिशत र जीवन बीमा क्षेत्र ४.३५ प्रतिशत माथि पुगेको छ।

आज ५ कम्पनीको सेयर १० प्रतिशत सकारात्मक सर्किटमा पुगेको छ। सर्किटमा परेका कम्पनीहरूमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, सञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नति सहकार्य लघुवित्त रहेका छन्। सबैभन्दा धेरै मूल्य गिरावट खानीखोला हाइड्रोपावरको ४.७६ प्रतिशत भएको छ।

कारोबारको हिसाबले, हिमालयन बैंकको प्रोमोटर सेयर १ अर्ब ६६ करोड, युनियन हाइड्रोपावर ३४ करोड र वुटवल पावर कम्पनी २५ करोड रुपैयाँको कारोबार भएको छ।