धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगको मान्यता

User Image Prime TV News १० महिना अगाडि
Image of धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगको मान्यता

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दर्ता गरेको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ। आज साम्पाङ स्वयं निर्वाचन आयोगमा उपस्थित भई पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गरेका छन्।

साम्पाङले असोज १२ गते पार्टी दर्ताको निवेदन दिएका थिए। उनका अनुसार पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारीमा रहेको छ।