राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

User Image Prime TV News १० महिना अगाडि
Image of राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णयमा अन्तरिम रोक लगाएको हो।

राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए। गत असोज २० गतेको मन्त्रिपरिषद् बैठकले चीन, अमेरिका, बेलायत, जापान, साउदी अरब, कतार, मलेसिया, जर्मनी, इजरायल, रुस र स्पेनमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।