राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णयमा अन्तरिम रोक लगाएको हो।
राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए। गत असोज २० गतेको मन्त्रिपरिषद् बैठकले चीन, अमेरिका, बेलायत, जापान, साउदी अरब, कतार, मलेसिया, जर्मनी, इजरायल, रुस र स्पेनमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।













