सुन चाँदीको मुल्य दिनप्रतिदिन उकालो लाग्दै


काठमाडौ । नेपालमा सुनको मूल्य दिनप्रतिदिन उकालो लागिरहेको छ। आइतबार सुनको भाउ प्रतितोला रु। २ लाख १२ हजार पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। अघिल्लो कारोबार दिनको तुलनामा सुन रु। १६ सयले महँगिएको हो । यसअघि शुक्रबार सुनको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ५ सय पुगेको छ । जुन अघिल्लो दिनको २४ सय ९० को तुलनामा १० रुपैयाँले बढी हो।