प्रचण्ड र माधव नेपालबीच नयाँ पार्टीको नाम टुंग्याउने विषयमा छलफल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच नयाँ पार्टीको नाम तय गर्ने विषयमा सोमबार छलफल भएको छ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, तीनकुनेमा सम्पन्न छलफलमा दुई दलबीच एकीकरणपछिको नयाँ पार्टीको नामबारे केन्द्रित कुराकानी गरिएको बताइएको छ । दुबै दलले पार्टी एकता गर्ने निर्णय संगै पार्टीको नामका लागि विभिन्न प्रस्तावहरूबारे छलफल भइरहेको जनाएको छ । नामका बिषयमा विभिन्न प्रस्तावहरुमा छलफल भएपनि टुङ्गो लागि सकेको छैन ।
गत आइतबार आठ दलीय बैठकमा नयाँ पार्टीको नाम खाली राखिएको थियो। त्यसपश्चात् ‘नेकपा समाजवादी’, ‘नेपाली कम्युनिस्ट पार्टी’ लगायतका सम्भावित नामहरूबारे नेताहरूबीच अन्तिम निर्णयका लागि बहस चलिरहेको बताइएको छ ।







