कांग्रेस संस्थापन पक्षद्वारा नियमित महाधिवेशन मिति प्रस्ताव लैजाने तयारी

User Image Prime TV News १० महिना अगाडि
Image of कांग्रेस संस्थापन पक्षद्वारा नियमित महाधिवेशन मिति प्रस्ताव लैजाने तयारी

काठमाडौ । नेपाली कांग्रेसभित्र स्थगित हुँदै आएको महाधिवेशन प्रक्रियालाई अघि बढाउन संस्थापन पक्षका नेताहरूले सक्रिय पहल थालेका छन्। सोमबार काठमाडौँमा बसेको छलफलमा उनीहरूले १५औँ महाधिवेशनको मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेका छन्।

पदाधिकारी र कार्यसम्पादन समितिले अहिलेसम्म महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले संस्थापन पक्षले पार्टी निकासको पहल गरेको हो। सोमबारको छलफलमा सहभागी नेताका अनुसार पार्टी विधानअनुसार सभापति र महामन्त्रीले नियमित महाधिवेशनको कार्यतालिका तत्काल ल्याउनुपर्ने धारणा राखेका छन् ।

नेताहरूले मंगलबारको बैठकमा महाधिवेशनको मिति तोक्न नेतृत्वमाथि दबाब दिने सहमति गरेका छन्। यसअघि, महाधिवेशन तयारीमा देखिएको विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै आएको थियो।