फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन राष्ट्रपतिको आग्रह

User Image Prime TV News १० महिना अगाडि
Image of फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई युवा पुस्ताले कमाएको अवसर भन्दै सफल बनाउन सबैसँग आग्रह गरेका छन्।

दोहास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बोल्दै उनले यो निर्वाचन देशको विकास, स्थिरता र राष्ट्रको भाग्य निर्णायक मोड भएको बताए।

उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन र आफ्नै देशमा भविष्य खोज्ने अधिकारका लागि गरेको आन्दोलनले व्यवस्था जोगिएको उल्लेख गरे।

कतारको विकास अनुभवलाई मातृभूमिमा लगाउन प्रवासी नेपालीलाई आग्रह गर्दै उनले विदेशमा जीवन बिताइरहेका नेपालीको मेहनतलाई पवित्र परिश्रम भन्दै दूतावासलाई श्रमिकका पीडा, समस्या र सुरक्षामा संवेदनशील हुन सुझाब दिए। 

राष्ट्रपति पौडेलसामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन कतार पुगेका हुन्। उनले सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् र कतारका अमिर शेख तमिम बिन हमद अल थानी तथा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।