ओभिएदो र ओसासुनाबीचको खेल गोलरहित बराबरीमा सकियो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । स्पेनिस ला लिगामा ओभिएदो र ओसासुनाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। दुवै टोलीले अवसर सृजना गरे पनि गोल गर्न असफल रहेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।
त्यस्तै, इंग्लिस प्रिमियर लिगमा सडरल्याण्ड र एभर्टनबिचको प्रतिस्पर्धा पनि १–१ को बराबरीमा टुङ्गिएको छ। खेलको १५औँ मिनेटमा एभर्टनका इलिमानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको सुरुवातमै सुन्दरल्याण्डका ग्रानिट जाकाले बराबरी गोल गर्दै खेललाई एक एकको बारबारीमा पुर्याए ।
दुवै प्रतियोगितामा बराबरी खेलपछि टोलीहरूले समान एक–एक अङ्क बाँडे।







