घुस र शक्ति दुरुपयोग आरोपमा इजरायली श्रमिक संघका नेताहरूमाथि प्रहरी कारबाही

User Image Prime TV News १० महिना अगाडि
Image of घुस र शक्ति दुरुपयोग आरोपमा इजरायली श्रमिक संघका नेताहरूमाथि प्रहरी कारबाही

काठमाडौ । इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ । इजरायली प्रहरीले देशको मुख्य मजदुर युनियनमा भएको शङ्कास्पद भ्रष्टाचारको अनुसन्धानको एक भागको रूपमा दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको हो।

सन् १९२० मा बेलायती अनुमतिमा प्यालेस्टाइनमा स्थापना भएको हिस्टाड्रुट युनियनका आठ लाखभन्दा बढी सदस्य छन् र यसले इजरायली समाजमा महत्वपूर्ण भूमिका खेल्छ। हिस्टाड्रुटका अध्यक्ष अर्नोन बार–डेभिडलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

सन् २०२३ मार्चमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि सरकारको नीतिको विरोध गर्दै बार–डेभिडले आम हड्तालको आह्वान गरेका थिए । पछि उनले गाजामा युद्धको क्रममा हडतालको चेतावनीलाई दोहोर्याएका थिए ।