यलुङ रि क्षेत्रमा हिमपहिरोका मृतक र घाइतेहरुलाई उद्दार गरी काठमाडौ ल्याइदै

User Image Prime TV News १० महिना अगाडि
Image of यलुङ रि क्षेत्रमा हिमपहिरोका मृतक र घाइतेहरुलाई उद्दार गरी काठमाडौ ल्याइदै

काठमाडौ । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोका मृतक र घाइतेहरुलाई उद्दार गरी आज काठमाडौ ल्याइदैछ। हिजो बेलुकी नै उद्दारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको थिएन्। आज बिहान मात्रै मृतक तथा घाइतेहरुलाई लिएर हेलिकोप्टर काठमाडौं फर्कने तयारीमा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

हिमपहिरोमा परी ७ जनाको मृत्यु भएको भनिए पनि सन्चार सम्पर्कमा कठिनाईका कारण यकिन हुन सकेको छैन । १२ जनाको टोली हिमशृङ्खला आरोहणका लागि गएको थियो।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ हिजै गएको थियो ।