राप्रपा महामन्त्री राणाले केन्द्रीय सदस्यहरूको भेला बोलाए

User Image Prime TV News १० महिना अगाडि
Image of राप्रपा महामन्त्री राणाले केन्द्रीय सदस्यहरूको भेला बोलाए

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणाले आज आफ्ना निकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ भित्र सम्पन्न गर्नुपर्ने बताएका छन्।

तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न मंसिर मसान्तसम्म समय दिएका छन्। लिङ्देनले अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र तयारीबारे छलफल गर्ने योजना बनाएका छन्।

अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर कात्तिक २७ र २८ गते केन्द्रीय समिति बैठक आह्वान गरिसकेका छन्। गत माघमा बसिएको केन्द्रीय समितिको बैठकपछिका बेला थप बैठक हुन सकेको छैन। माघको बैठकमा महामन्त्री राणाले अध्यक्ष लिङ्देनको आलोचना गर्दै छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

राप्रपाले २०७८ मंसिरमा महाधिवेशन सम्पन्न गरेको थियो। त्यसअनुसार यस वर्ष मंसिर १८ मा नियमित कार्यकाल समाप्त हुँदैछ।