नेपाली कांग्रेसमा महाधिवेशन मिति विवाद, विभिन्न प्रस्तावहरु अघि आए
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनको मिति निर्धारणलाई लिएर पार्टीभित्र मतभेद देखिएको छ। महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका छन्।
तर, पार्टीको संस्थापन पक्षले महाधिवेशन वैशाखको अन्तिम साता आयोजना गर्नुपर्ने प्रस्ताव गरेको छ। सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी बैशाख २५ देखि २८ गते महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ।
यसैबीच, संस्थापन इतर नेताहरूले प्रतिनिधिसभा निर्वाचन अघि नै नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग राखेका छन्। उनीहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेको जनाइएको छ।







