नेकपा माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी एजेन्डा पारित
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।
बैठकमा आयोजक समितिका संयोजकको तर्फवाट नारायणकाजी श्रेष्ठले प्रस्ताव प्रस्तुत गरेका थिए । श्रेष्ठले राखेको प्रस्तावलाई सदस्यहरूले एकमतले पारित गरेका हुन्।
श्रेष्ठले प्रस्तावमा पार्टी एकता केवल सदस्य संख्या बढाउने उद्देश्यका लागि नभई नयाँ पुस्तालाई समेट्दै पार्टी पुनर्निर्माण गर्ने अभियानका लागि भएको स्पष्ट पारेका छन्।
उनले यस प्रक्रियाले पार्टीलाई अझ बलियो बनाउने र समाजवादको लक्ष्य हासिल गर्ने दिशामा मद्दत पुग्ने बताए।







