विद्युत खपत बढाउन सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छः मन्त्री घिसिङ

User Image Prime TV News १० महिना अगाडि
Image of विद्युत खपत बढाउन सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे । 

अहिले मुख्य रुपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारत तथा बंगलादेशतर्फ निर्यात गरिएपनि पहिलो प्राथमिकता देशभित्रै खपत बढाउने भएको उनले बताए ।

यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्याँसलाई विद्युतीय चुलोले प्रतिस्थापना लगायतका काम गरी विद्युत् माग बृद्धि गर्न सकिने घिसिङले भनाई छ ५ । उनले ऊर्जा दक्षता, ऊर्जा, रुपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएको समेत जानकारी दिए ।