भोली नेकपा माओवादी केन्द्रसहित ९ दलबीच नयाँ पार्टी एकता घोषणा हुँदै

User Image Prime TV News १० महिना अगाडि
Image of भोली नेकपा माओवादी केन्द्रसहित ९ दलबीच नयाँ पार्टी एकता घोषणा हुँदै

काठमाडौ । नेकपा माओवादी केन्द्र सहित नौ पार्टीबीचको एकता घोषणा बुधवार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले यसअघि सबै दलबीच सहमति पत्रमा हस्ताक्षर भइसकेको जानकारी दिँदै, एकीकृत पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” रहने बताए। उनले नयाँ पार्टी जनताको चाहनाअनुसार नीति निर्माण गर्ने र त्यसअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सापकोटाले मंगलबार पार्टीको अन्तिम बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “अहिलेसम्मका उतारचढाव र मोडहरू पार गर्दै अब देश समृद्धितर्फ अघि बढ्ने विश्वास हामीले गरेका छौँ।”

उनले भने, “हालका लागि पार्टीले माओवाद सिद्धान्त औपचारिक रूपमा नअँगाले पनि, माओका योगदान र विचारलाई बृहत् सजीव छलफलमार्फत पुनर्स्थापित गर्न सकिने सम्भावना छ। तर अहिले सबै दललाई एकता गर्न आवश्यक भएकाले तत्काल निर्णय यही गरिएको हो।”

नयाँ पार्टीको घोषणासँगै उद्देश्य, संरचना र नीति दिशा सार्वजनिक गरिने छ। सापकोटाका अनुसार, नयाँ राजनीतिक यात्रा समावेशी, जनमुखी र लोकतान्त्रिक मूल्यमा आधारित हुनेछ।