शर्मालाई एकता प्रक्रियामा फर्किन प्रचण्डको आग्रह
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेका नेता जनार्दन शर्मालाई बुधबारसम्म एकता प्रक्रियामा फर्किन आग्रह गरेका छन्।
माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकमा प्रचण्डले शर्मालाई पुनःसंगै अघि बढ्न आह्वान गरेका हुन् । नेता अग्निप्रसाद सापकोटाले बताएअनुसार, “संयोजक प्रचण्डले जनार्दन शर्मालाई ‘फर्कनुहोस् र सँगै अगाडि बढौं’ भनी अनुरोध गर्नुभएको छ। उहाँले यसो गरेर पार्टी एकतालाई मजबुत बनाउन खोज्नु भएको हो।”
त्यसैगरी, एमालेबाट निष्कासनमा परेका भीम रावल पनि एकता प्रक्रियामा आउन सक्ने सम्भावना प्रचण्डले व्यक्त गरेका छन्। साथै, एकीकृत समाजवादीका असन्तुष्ट नेता झलनाथ खनाल र घनश्याम भूसालसँग पनि कुराकानी भइरहेको बैठकमा जानकारी गराएका थिए । प्रचण्डले सबै लोकतन्त्रवादी शक्तिहरूलाई देशभक्तिपूर्ण आन्दोलनमा सामेल हुन अपिल समेत गरेका छन् ।







