एमाले नेता पासाङ शेर्पा समातिए, तीन वर्षपछि अदालतको फैसला कार्यान्वयन

User Image Prime TV News १० महिना अगाडि
Image of एमाले नेता पासाङ शेर्पा समातिए, तीन वर्षपछि अदालतको फैसला कार्यान्वयन

काठमाडौ । बहुविवाहको अपराधमा अदालतबाट दोषी ठहर भई पनि वर्षौँसम्म कानूनको आँखामा धूलो हालिरहेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा अन्ततः पक्राउ परेका छन्।

अदालतलाई अटेर गर्दै शक्ति र हैसियतको घमण्डमा हिँडिरहेका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।

शेर्पा एमालेको जनजाति महासंघका अध्यक्षसमेत हुन्। तीन वर्षअघि काठमाडौँ जिल्ला अदालतले शेर्पालाई एक वर्ष जेल र पाँच हजार रुपियाँ जरिवाना तोकेको थियो।

सो फैसलाविरुद्ध उच्च अदालत पाटन पुगे पनि त्यहाँ पनि निर्णय बदलिएन। तर अदालतको निर्णय राखेर, शक्ति र सम्पर्कको ओटमा उनले सजाय टार्दै आएका थिए।

जिल्ला प्रहरीका अनुसार अब शेर्पालाई बुधबार अदालतमा पेश गरी सजाय कार्यान्वयन गरिनेछ।