रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रसहितका वाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुन अडान लिएका नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरू आज सार्वजनिक रूपमा आफ्नो बाटो अलग गर्दै छन्।
पूर्वमन्त्री किसान श्रेष्ठका अनुसार नेतृ रामकुमारी झाँक्री सहितको समूहले पत्रकार सम्मेलन गर्दैछन्। सम्मेलनमा उनीहरूले औपचारिक रूपमा एमालेमा फर्कने घोषणा गर्ने तयारी छ।
एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले माओवादी पार्टीसंग पार्टी एकता गर्ने निर्णय संगै झलनाथ खनाल घनश्याम भुसाल रामकुमारी झाक्री लगाएतका नेताले असहमती जनाएका थिए ।
नेता भुसाल रुपान्तरण सहित वाम धुव्रिकरणको पक्षमा देखिएका छन् भने झलनाथ खनाल एमाले प्रवेश गर्न केपी ओली संग भेटवार्ता गरि सकेका छन् । नेतृ झाक्री भने एमाले प्रवेश गर्ने निर्णय गरि सकेकी छन् ।







