लिग–२ को अन्तिम खेल आज: नेपाल र युएई निर्णायक भिडन्तमा

User Image Prime TV News १० महिना अगाडि
Image of लिग–२ को अन्तिम खेल आज: नेपाल र युएई निर्णायक भिडन्तमा

काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत युएई त्रिदेशीय शृङ्खलाको अन्तिम खेल आज नेपाल र आयोजक युएईबीच हुँदैछ। खेल दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

शृङ्खलामा अहिले सम्म अपेक्षित प्रदर्शन गर्न नसकेको नेपाल तीनै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हार बेहोरेपछि दोस्रो खेलमा युएईसँग पाँच विकेटले तथा तेस्रो खेलमा पुनः अमेरिकाकै हातबाट चार विकेटले पराजित भएको थियो।

अंकतालिकामा अमेरिकाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान सुरक्षित गरेको छ। २४ खेलमा ३६ अंक जोडेको अमेरिकापछाडि समान १९ खेल खेलेको नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ भने युएई ८ अंकसहित पुछारमा छ।

आजको खेल नेपालका लागि प्रतिष्ठा जोगाउने अवसरका रुपमा रहेको छ। लगातार हारपछि दबाबमा रहेको टोलीले अन्तिम खेलमा जित निकाल्दै सकारात्मक अन्त्य गर्ने लक्ष्य राखेको छ।

यसैबीच, घरेलु टोली युएईसमेत आजको खेल जित्दै अंक सुधार गर्ने प्रयासमा छ। अमेरिका, नेपाल र युएई सहभागी शृङ्खलामा आजको खेलपछि त्रिदेशीय सिरिजको समापन हुनेछ।