द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी प्राप्त भएको जनाएको छ । आयोगले पत्रकार सम्मेलन मार्फत काबु बाहिरको परिस्थिति र जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासंगसम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो ।

बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरि उजुरी माग गरेको थियो । सो अवधिमा आयोगमा ५ हजार ४ सय ७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए ।

यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सवैभन्दा बढि जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८ सय ८३ उजुरी प्राप्त भएको छ । नयाँ र पुरानो गरि हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको छ ।

पीडितहरुको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारवाहीलाई अघि बढाएको जनाएको छ । यसरी प्राप्त उजुरी पहिलो दुई बर्षभित्रमा सवै मुद्दाहरुको सत्य छानविन गर्ने र अरु प्रक्रिया अघि बढाइने  आयोगले जनाएको छ । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरुमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो ।