प्रचण्ड र झलनाथ खनाल बीच भेटघाट

User Image Prime TV News १० महिना अगाडि
Image of प्रचण्ड र झलनाथ खनाल बीच भेटघाट

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच बुधबार बिहान भेटघाट भएको छ। यस भेटमा, दुई पूर्वप्रधानमन्त्रीले समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर छलफल गरेका छन्।

खनालका प्रेससहयोगी मिलन उपाध्यायका अनुसार, भेटघाटको क्रममा खनालले आफ्नी जीवनसंगिनी रविलक्ष्मी चित्रकारको उपचारको क्रममा प्रचण्डको देखाएको सद्भावका लागि आभार व्यक्त गरेका थिए। भेटमा, स्वास्थ्य र उपचारका विषयहरूका अलावा, नेपालको समसामयिक राजनीतिक अवस्थाबारे पनि गहिरो छलफल भएको बताइएको छ।

यसैबीच, खनालले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए। एमालेका नेताहरूका अनुसार, उक्त वार्ता सरकारको आगामी दिशा र सम्भाव्य राजनीतिक सहकार्यको बारेमा केन्द्रित थियो। खनालले माओवादी केन्द्र र एकीकृत समाजवादी दलको एकतामा नजाने घोषणा गरेका छन् ।