घनश्याम भूसालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी राष्ट्रिय भेलाको तयारीमा

User Image Prime TV News १० महिना अगाडि
Image of घनश्याम भूसालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी राष्ट्रिय भेलाको तयारीमा

काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले आगामी मंसिर महिनाको पहिलो हप्तामा पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेका छन्। यस भेलामा पार्टीको आगामी रणनीति र भविष्यको दिशा तय गरिने बताए । 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भूसालले पार्टी भित्रको हालको आन्तरिक स्थिति र एकता समाजवादीसँगको गठबन्धनको आलोचना गरे। उनले भने, "केन्द्रीय समितिको बहुसंख्यक नेता आत्मसमर्पण गरे पनि हाम्रो टिम अझै सशक्त रूपमा काम गर्दैछ। हामी जिल्लास्तरमा बहुमतमा छौँ।"

भूसालले पार्टीको भविष्यमा निर्णय लिनका लागि राष्ट्रिय भेलाको महत्त्वपूर्ण भूमिका हुने बताए। "हामी गम्भीर छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने निर्णय गर्नेछौँ," उनले भने। उनले यसअघि एकता समाजवादीसँगको एकतालाई त्रुटिपूर्ण भनेका थिए र यसमा स्पष्ट दृष्टिकोणको कमी भएको बताएका छन् ।

यद्यपि, पार्टीको आन्तरिक विभाजन र एकता समाजवादीको प्रस्थानका बावजूद, भूसालका अनुसार नेकपा एकीकृत समाजवादी अझै आफ्नो हैसियत र विचारधारामा क्रियाशील रहने बताए ।