एकता र समाजवादको लक्ष्यमा नयाँ पार्टीको नेतृत्वमा "अग्निपरीक्षा" सुरु भएको छः सहसंयोजक माधवकुमार नेपाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of एकता र समाजवादको लक्ष्यमा नयाँ पार्टीको नेतृत्वमा "अग्निपरीक्षा" सुरु भएको छः सहसंयोजक माधवकुमार नेपाल

काठमाडौ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीको नयाँ नेतृत्वको "अग्निपरीक्षा" अब सुरु भएको बताएका छन्। एकता सभालाई सम्बोधन गर्दै नेपालले जनताको अपेक्षाअनुसार पुराना कमजोरीबाट मुक्त भएर नयाँ दिशामा पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालले यसलाई केवल नयाँ पार्टीको निर्माणको प्रक्रिया न मानिकन, बृहत् वाम एकताको लागि महत्त्वपूर्ण चरणको रूपमा लिएका छन्। "जनताले हामीलाई नियालिरहेका छन्। अब हामीले पार्टीको पुराना कमजोरीलाई समीक्षा गरेर सुधार गरेर जनतामा विश्वास दिलाउनुपर्ने आवश्यकता छ," उनले भने।

सहसंयोजक नेपालले बाम मोर्चामा रहेका अन्य शक्तिहरूसँग मिलेर एकताको प्रयासलाई निरन्तरता दिनुपर्ने महत्त्वपूर्ण कुरा पनि उल्लेख गरे। नेता नेपालले पार्टीको नेतृत्वमा युवा पुस्तालाई पनि सक्रिय बनाउने योजना रहेको बताएका छन्। "हामी युवा पुस्तालाई विश्वासमा लिएर पार्टी सञ्चालन गर्नेछौं। यसले भविष्यका चुनौतीहरूको सामना गर्न र समाजमा परिवर्तन ल्याउन मद्दत पुर्याउनेछ," उनले भने।

साथै, नेपालले पार्टीको दृष्टिकोणलाई समावेशी र सकारात्मक बनाउने प्रतिबद्धता जनाए। साथै, उनले आगामी दिनहरूमा देशको संविधान, गणतन्त्र र संघीयताको रक्षा गर्ने सन्देश पनि दिएका छन्।